
कैलाली । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) को चौथो संस्करण फागुन पहिलो हप्तादेखि सुरू हुने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता आउँदो फागुन ३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो ।
टी-२० फर्म्याटमा हुने प्रतियोगितामा ६ ओटा शहरका फ्रेन्चाइजी टिमको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडीको छनोट अक्सनबाट हुनेछ ।
सबै टिमले ३ जनासम्म विदेशी खेलाडी खेलाउन पाउने छन् । अक्सनमार्फत खेलाडी अनुबन्धन गरी प्रतियोगिता सञ्चालन गर्ने यो नेपालको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ जित्नेछ । गएको संस्करणको उपाधि सीवाईसी अत्तरियाले जितेको थियो ।