आज :

पर्साबाट हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिरजंग महानगरपालिका वडा नं.१६ का आवाश अलि र सोही ठाउँ बस्ने अस्ताक आलम रहेको छन् ।

उनीहरुलाई १३ असोजको राती प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.४ नारायणी अस्पताल अगाडि सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले ना ४९ प ६८२४ नं.को मोटरसाइकल चालक अलि र ना ५७ प ३०६ नं.को मोटरसाइकल चालक सोही ठाउँ बस्ने आलमको साथबाट स्रोत खुलाउन नसकिएको अवैध नगद १२ लाख ४ हजार ५ सय रुपैया फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal