आज :

रोशनीका श्रीमान-श्रीमतीबीच सम्बन्ध विच्छेद गर्ने, सहमति पत्र फेशबुकमार्फत सार्वजनिक

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान–श्रीमतीले सम्बन्ध विच्छेद गर्ने लिखित निर्णय गरेका छन् ।

बिहीबार रोशनीका श्रीमान चित्रजंग शाहीले सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेको फेसबुकबाट जानकारी दिएका छन् । सार्वजनिक गरिएको पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रिया निरन्तरताका साथ उल्लेख गरिएको छ । अब उनीहरु कानुनी प्रक्रियामा जानेछन् ।

संसद सचिवालयमा कार्यरत उनले सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । भिडियो अन्तर्वार्तामा ती महिलाले महराले लामो समयदेखि आफूमाथि दुरव्यवहार गर्दै आएको दाबी गरेकी थिइन् तर २४ घण्टा नबित्दै उनले बयान फेरिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal