आज :

महासंघका पूर्वसभापतिहरुले भनेः रेडियो नेपालको कदम खारेजीको विकल्प छैन

काठमाडौं । रेडियो नेपालबाट निष्कासित ३ जना पत्रकारहरु पुनर्वहालीको लागि नेपाल पत्रकार महासंघका ६ जना पुर्व सभापतिहरुले महासंघलाई गम्भिर हुन ध्यानाकर्षण गराएका छन् । उनिहरुले शनिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै रेडियो नेपालको कदम खारेजीको विकल्प नभएको निष्कर्स निकालेका छन् ।

पूर्व सभापतिहरु तारानाथ दाहाल, डा.सुरेश आचार्य, हरिहर विरही, विष्णु निष्ठुरी, किशोर नेपाल र धर्मेन्द्र झाले रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निष्कासित सुनिता रावल, प्रकाश बम र चक्र कुँवरको श्रमजीवि अधिकार हनन् गर्ने कदम खारेज गर्न कडा आन्दोलनमा जानुपर्ने भन्दै ध्यानकर्षण पत्रमा भनिएको छ,“पुनर्वहालीको आन्दोलनप्रति ऐक्यवद्धता मात्र हैन, महासंघ केन्द्रीय समितिलाई अझ गम्भीर हुन र सशक्त आन्दोलनमा जान ध्यानाकर्षण गर्दछौं ।”

निष्कासित पत्रकारहरुको पुनर्वहालीका निम्ति आन्दोलनलाई निष्कर्षमा पुर्याउनैपर्ने महासंघको अभियानलाई साथ दिन तयार रहेको उनिहरुले पत्रमा उल्लेख गरेका छन् । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रय सदस्य जन्मदेब जैसिले ६ जना पूर्व सभापतिहरुको सुझावलाई सकारात्मक लिदै आन्दोलनलाई थप मदत पुग्ने धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal