आज :

हुम्लामा ८७ कार्टुन अवैध चिनियाँ मदिरा झिनिगीन्टी बरामद

  • अनलाइन डबली

हुम्ला । माघ १३ गते रात्ती डाँडाफया क्षेत्रमा आउँदै गरेको गाडीबाट ८७ कार्टुन अर्थात् ५ लाख रकम बराबरको अवैध चिनियाँ मदिरा झिनिगीन्टी नेपाल प्रहरी हुम्लाले बरामद गरेको छ । गाडीमा अवैध चिनियाँ मदिरा झिनिगीन्टी लोड गरिएको गाडीलाई माथिल्लो गाउँको लादेवडा क्षेत्रमा नै समात्ने प्रयास गरिए पनि उक्त गाडी भागेर सिमकोट बजार क्षेत्रमा आउँदै गर्दा नेपाल प्रहरीले माथिल्लो बजारको कालीचोकबाट बरामद गरेको छ ।

चीनको स्वशाशित क्षेत्रका जोडिएका हुम्लाका विभिन्न नाकाहरुबाट ७० हजार कार्टुनभन्दा धेरै अवैध चिनियाँ मदिरा झिनिगीन्टी भित्रीको विभिन्न स्रोतबाट प्राप्त जानकारीहरुबाट थाहा भएको छ । यसको हालको बजार मूल्य प्रति बोतल ५ सयले मात्र हिसाब गर्दा हुम्लामा ४० करोडभन्दा धेरैको अवैध चिनियाँ मदिरा भित्रिएको छ ।

माघ १३ गते रात्ती गाडीमा समातिएको उक्त अवैध चिनियाँ रक्सीले यही कुरालाई प्रमाणित गरेको छ । सिमकोट बजार लगायतक हुम्लाका सात स्थानीय तहका मुख्य केन्द्रहरुमा दिनमा निर्वाध रुपमा अवैध चिनियाँ मदिरा झिनिगीन्टी खुलेआ बिक्री भए पनि जिम्मेवार निकायले निरीह बनेको छ । यो कामलाई समयमै नियन्त्रण गर्न नसकेमा शान्ति सुरक्षा लगायतमा सामाजिक काममा असर पर्ने स्थानीय जानमानहरुको गुनासो रहेको छ । २९ बोरामा राखिएको ८७ कार्टुनमा १ हजार ४४ बोटल रहेको छ । यसको बजार मूल्य ५ लाखभन्दा धेरै पर्न आउने जानकारी जिल्ला प्रहरी स्रोतले दिएको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal