News Portal

  • पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना, २६ को मृत्यु , १२ जना घाइते

    २०१ पटक

    काठमाडौं । पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी २६ को मृत्यु भएको छ ।

    आज (आइतबार) बिहान भएको दुर्घटनाका कारण अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

    मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिएका छन् ।

    स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेको बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् । घटनाबारे अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्