आज :

टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी

कैलाली । टीकापुर उद्योग वाणिज्य संघको निर्वाचनमा राम बहादुर भण्डारीको प्यानल विजयी भएको छ ।

उद्योग वाणिज्य संघको निर्वाचनमा भण्डारी प्यानलका १७ मध्ये १ जना उम्मेदवार मात्र सदस्यमा पराजित भएका छन् ।

आइतबार बिहान सम्पन्न अन्तिम मत परिणाम अनुसार भण्डारी आफ्ना प्रतिस्पर्धी ध्रुवराज खत्री लाई २२१ मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । भण्डारीले ५४१ मत पाए भने खत्रीले ३२० मत पाएका थिए ।

शनिवार भएको निर्वाचनको परिणाम अनुसार उद्योग तर्फको उपाध्यक्षमा जगतराज चौधरी विजय भएका छन् । उनी आफ्ना प्रतिस्पर्धी राम प्रसाद चौधरीलाई १२६ मतान्तरले पराजित गर्दै विजयी भए । जगतराज चौधरीले ४६३ ल्याए भने उनका प्रतिस्पर्धी राम प्रसाद चौधरीले ३३७ मत प्राप्त गरे ।

त्यस्तै वाणिज्य तर्फका उपाध्यक्षमा चक्रपाणि सापकोटा आफ्ना प्रतिस्पर्धी भन्दा २३९ मत बढी ल्याएर विजयी भएका छन् । सापकोटाले ५८५ र उनका प्रतिस्पर्धी कृष्ण प्रसाद उपाध्याय बजगाईले ३४६ मत प्राप्त गरेका छन् ।

महासचिवमा तपेन्द्र स्वाँर १५८ मतको अन्तरले आफ्ना प्रतिस्पर्धी प्रेम बहादुर रावललाई उछिन्दै विजयी भए । स्वाँरले ५३२ र रावलले ३७४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal