
दाङ । घोराही उपमहानगरपालिका १६ स्थित गुर्जेखोलामा मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
कञ्चनपुर लालझरी गाउँपालिका वडा नं.६ का २३ वर्षिय शिवराज चौधरीलाई करेन्ट लागेको हो । उनलाई आइतबार साँझ करेन्ट लागेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।