आज :

उच्च हिमाली क्षेत्रमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा कार्यालय, उपप्रधानमन्त्री र नेता-जनप्रतिनिधि उपस्थित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली क्षेत्रमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । नाफालाई भन्दा सेवालाई प्राथमिकता दिँदै आएको बैंकले डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ धो मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

शाखा कार्यालयको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र सांसद जर्नादन शर्माले २३८ औं शाखा एक समारोहका बीच संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेको बैं‌कले विज्ञप्तिमार्फत जनाएको छ ।

शाखा कार्यालयको उद्घाटन गर्दै उपप्रधान पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरेर बित्तीय पहुँच पुर्याएकोमा भन्दै बैंकको थप प्रगतिको लागि शुभकामना दिए ।

बैंकको ५ नं.प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले बैंकका प्रमुख कार्यकारी अधिकृतको बैंकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुँच पुगेको जानकारी गराए । उक्त अबसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल राबल, उद्योग, पर्यटन तथा वाताबरण मन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ति तथा प्रदेश सांसद बदामी कुमारी बोहोराको उपस्थिति रहेको थियो।

त्यसैगरी उक्त कार्यक्रममा नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटी, जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढा, नेकपा केन्द्रीय सदस्य हंशबहादुर शाही, नेपाली कांग्रेस सभापति अंगद बहादर बुढा, ढोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ, छार्काताङसोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ, काइके गाउँपालिका अध्यक्ष अंगद राना, डोल्पोबुद्ध गाउँपालिका वडा नं. १ का वडाध्यक्ष ग्याल्पो थापा भोटे, रा.स.स महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रहरी नायब उपरिक्षक नारायण रंजितकार, बैकका प्रबन्धक होताराम योगी, उपप्रबन्धक लिलाराम ढुंगाना, मुड्केचुला शाखा प्रबन्धक जंगवीर बि.क., सहायक हेमराज बुढालगायतको सहभागिता रहेको थियो।

यसै बीच डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउँपालिका–४ स्थित २३७ औँ शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार शुभारम्भ भएको छ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ। बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ। बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal