News Portal

  • चलिरहेको जग्गाको मुद्दा मिलाइ दिने भन्दै १ लाख घुस

    ३४७ पटक

    बारा । मालपोत कार्यालयका पूर्व कर्मचारी घुससहित पक्राउ परेका छन् ।

    मोलपोतका पूर्व नायब सुब्बा हरिमोहन सिंह क्षेत्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार घुससहित पक्राउ परेका हुन् ।

    उनी सरकारी सेवाबाट निवृत भएपछि बारा मालपोल कार्यालयमा सहयोगी (बिचौलिया)को भूमिकामा कार्यरत थिए । उनले मुद्दा चलिरहेको विवादास्पद जग्गा मिलाई दिने भन्दै सेवाग्राहीसँग १ लाख रुपैयाँ लिँदैगर्दा पक्राउ परेका हुन् ।

    प्रतिकृया दिनुहोस्