आज :

इन्टरनेसनल फुटबल कपमा म्यान्चेष्टर युनाईटेडले ईन्टर मिलानलाई गर्यो पराजित

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा म्यान्चेष्टर युनाईटेडले ईन्टर मिलानलाई पराजित गरेको छ ।

गएराति सिंगापुरमा भएको खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले ईटालीको ईन्टर मिलानलाई १-० ले हराएको हो । युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा निर्णायक गोल गरे ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले युनाईटेडका लागि सिजनको दोस्रो गोल गरेका हुन् । त्यस्तै इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब सम्हालेपछि पहिलो खेलमा पराजय भोगेका छन् ।

गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटी पराजित भएको छ । एसिया भ्रमणमा रहेका प्रिमियर लिगका टोलीहरुबीचको भिडन्तमा वुल्भरह्याम्पटन वान्डरर्सले म्यान्चेस्टर सिटीलाई हराएको छ ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रकेरमा वुल्भरह्याम्पटन ३-२ ले विजयी भएको हो । अर्को खेलमा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई १-० ले हराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal