News Portal

  • २ जना नदीमा बगेर बेपत्ता

    १६१ पटक

    काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका-५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् ।

    माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्क भन्ने स्थानमा पाहुना गएका उनीहरु स्थानीय २ जना साथीसँग माछा मार्न तमोर नदी गएका थिए । उनीहरुको खोजी कार्य जारी रहेको तर फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्