आज :

आज नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिका विषयमा छलफल हुने बताइएको छ ।

बैठकले शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने सम्भावना छ । ओली र दाहालबीच पार्टीका विभागको नेतृत्वका विषयमा मौखिक सहमति भइसकेको छ । तर त्यसलाई सचिवालय बैठकमा पेश गरी ठोस निर्णय गर्नुपर्छ ।

२ अध्यक्षबीच महत्वपूर्ण र शक्तिशाली मानिएको संगठन विभागको प्रमुख बामदेव गौतमलाई बनाउने सहमति छ ।

त्यस्तै विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति भएको छ । अर्को महत्वपूर्ण मानिएको स्कुल विभागको नेतृत्वको विषयमा भने अझै कुरा मिल्न सकेको छैन ।

स्कुल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले इच्छा देखाउँदै आएका छन् । यस विषयमा पनि आजै छलफल गरी टुंगो लगाउने तयारी बैठकले गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal