आज :

दुई मोटरसाइकल आपसमा ठोक्किए, वडाअध्यक्षको मृत्यु

धनगढी । दुई मोटरसाइकल आपसमा ठोक्किँदा बैतडीमा एकजना जनप्रतिनिधिको मृत्यु भएको छ । बिहीबार दिउँसो महाकाली राजमार्गको बैतडीको सिन्केलेकमा ठोक्किँदा सुर्नया गाउँपालिका–१ का वडा अध्यक्ष कलशबहादुर चन्दको मृत्यु भएको हो ।

सतबाँझबाट खोचलेक तर्फ जाँदै गरेको अध्यक्ष चन्द चढेको से १ प १११४ नम्बरको मोटरसाइकल र वीपरीत दिशाबाट चन्द्रसिंह ऐर चढेको म २ प ६६३३ नम्बरको मोटरसाइकल सुर्नया गाउँपालिका वडा नं २ सिन्केलेकमा एकआपसमा ठोक्किएर दुर्घटना भएका थिए ।

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष चन्दलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा मृत घोषणा गरिएको हो ।

दुर्घटनामा घाइते भएका ऐरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतक चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal