पोखरा । गण्डकी सरकारले प्रदेश प्रहरीलाई मोटरसाइकल दिएको छ । प्रदेश सरकारले प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरको ३५ वटा मोटरसाइकल दिएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरे । उनले प्रदेशमा सुरक्षा सुदृढ बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।