आज :

पाकिस्तानी पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचार आरोपमा पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी पक्राउ परेका छन् ।

राष्ट्रिय जवाबदेही ब्यूरो (एनएबी) ले ‘लिक्विफाइड नेचुरल ग्यास’ (एलएनजी) को आयात ठेक्का मामिलामा अब्बासीलाई पक्राउ गरेको हो ।

एनएबीले ठेक्कापट्टामा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । ‘एक्सप्रेस न्यूज’का अनुसार मुस्लिम लीग (नवाज) का वरिष्ठ उपाध्यक्ष अब्बासीलाई लाहौर टोल प्लाजा नजिकैबाट पक्राउ गरिएको हो ।

मुस्लिम लीगले उनको गिरफ्तारीको पुष्टि गरेको छ । एनएबीले एलएनजी टर्मिनलको ठेक्का मामिलाकाबारेमा बिहीबार छलफलका लागि उपस्थित हुन अब्बासीलाई निर्देशन दिएको थियो तर, निजी व्यस्तताका कारण उनी उपस्थित नभएपछि उनलाई गिरफ्तार गरिएको बताइएको छ ।

भ्रष्टाचार गरेको प्रमणित भएपछि नवाज शरीफले प्रधानमन्त्री पद त्याग्नु परेको थियो । त्यसपछि उनले शासन सत्ता सम्हालेका थिए । उनी १ अगस्ट २०१७ देखि ३१ मे २०१८ सम्म प्रधानमन्त्री थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal