आज :

एनिमेसन स्टुडियोमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या २३ पुग्यो

काठमाडौं । जापानको क्योटोस्थित एनिमेसन स्टुडियोमा भएको एक शंकास्पद आक्रमणमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

स्थानीय मिडियाका अनुसार एक जना मानिस बिहीबार बिहान क्योटो एनिमेसन स्टुडियोमा छिरेर अज्ञात तरल पदार्थ छर्केका थिए । त्यसपछि उनले आगो सल्काएका थिए ।

दर्जनौ मानिस सो घटनाबाट घाइते भएका छन् । नाम उल्लेख नगरिएका शंकास्पद आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केही चोट भएकोले अस्पताल लगिएको छ । एनएचकेले जनाएअनुसार १०ः३० बजेतिर सो भवनमा आगो लगाइएको थियो ।

३ तले सो भवनमा उद्धारको कार्य जारी रहेको जनाइएको छ । सो क्षेत्रका नजिकका मानिसले श्रृंखलाबद्ध विस्फोटको घटना समेत सुनेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal