
काठमाडौं । जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।
क्योतो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा अन्य केही घाइते भएका छन् । अज्ञात व्यक्ति स्टुडियोमा प्रवेश गरी ज्वलनशील पदार्थ छरेर आगजनी गरेको बताइएको छ ।
घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
पक्राउ परेका ब्यक्ति पनि घाइते भएका कारण अस्पतालमा भर्ना गरिएको छ । क्योतो एनिमेसन स्टुडियो जापानको प्रख्यात एनिमेसन स्टु्डियो हो ।
आगलागीका कारण स्टुडियो पूर्णरुपमा जलेर नष्ट भएको छ भने लाखौंको क्षति भएको बताइएको छ ।