आज :

सिंगापुरविरुद्ध नेपालको जित

काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकलेको छ ।

शुक्रबार भएको खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको हो । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३२७ रनको फराकिलो लक्ष्य पछ्याएको सिंगापुरले ३९ ओभर १ बलमा पूरै विकेट गुमाउँदै मात्र १०९ रन बनायो ।

सिंगापुरका लागि हरी कुकर्जाले सर्वा्धिक ३० रन बनाए । त्यस्तै कान्नुसले २४ रन जोड्दा चन्द्रमुली श्रीदेवले २३ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि कुशल मल्लले सर्वा्धिक चार विकेट लिए ।

त्यस्तै तिलक राजभण्डारीले दुई विकेट लिँदा रसिद खान र सागर ढकालले समान एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रन बनाएको थियो । नेपालका लागि रित गौतमले शतकीय पारी खेले । १३७ बल खेलेका उनले १० चौका र एक छक्काको सहयोगमा ११५ रन बनाए ।

रितको यो प्रतियोगिताको पहिलो शतक हो । खड्क बोहोरा र कुशल मल्लले अर्धशतकीय पारी खेले । ९० बल खेलेका उनले १२ चौकाको सहयोगमा ९० रन बनाए । २३ बल खेलेका कुशलले ४ चौका र ५ चक्काको सहयोगमा ५१ रनको योगदान गरे ।

नेपालका लागि पवन शर्राफले ४५ रन बनाए । बलिङतर्फ सिंगापुरका लागि पर्नभ कृष्ण र भिनित मेहेतले समान दुई–दुई विकेट लिए । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal