News Portal

  • चट्याङ लागेर दाङमा एक युवकको मृत्यु

    डबली सम्वाददाता
    २०६ पटक

    दाङ । चट्याङ लागेर तुलसीपुरमा एक युवकको मृत्यु भएको छ । गएराति ६ बजेतिर परेको चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षका सुमन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो ।

    घर बाहिर निस्केको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
    एकहप्ता अघि पनि चट्याङ लागेर दाङको लालमटियामा तीन जना बालकको मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस्