आज :

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज (बुधबार) घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड ग्राउन्डमा हुने खेल दुबै टिमको लिग चरणको अन्तिम खेल हो ।
नेपाली समयअनुसार दिउसो सवा ३ बजे हुने आजको खेल दुवै टिमका लागि गर या मरको अवस्थामा छ । घरेलु टोली इंग्ल्यान्ड न्युजिल्यान्डलाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्न चाहन्छ ।

विश्वकपको सेमिफाइनलमा पुग्नका लागि पनि आजको खेल इंग्ल्यान्डले जित्नैपर्ने हुन्छ । न्युजिल्यान्डलाई पनि विश्वकपको सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।

न्युजिल्यान्डले इंग्ल्यान्डलाई हराए उसको मात्रै भाग्य चम्किने छैन पाकिस्तानको पनि भाग्य चम्किने छ । आजको खेलमा इंग्ल्यान्ड पराजित भए पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना प्रवल रहन्छ भने उसले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्नु पर्ने हुन्छ ।

तर आजको खेलमा न्युजिल्यान्डलाई इंग्ल्यान्डले हराए पाकिस्तानको विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्रै बाँकी रहन्छ । यस्तो अवस्थामा न्युजिल्यान्ड र पाकिस्तानमध्ये एक टिम विश्वकपको सेमिफाइनलमा पुग्नेछ ।

न्युजिल्यान्ड अंक तालिकाको तेस्रो स्थानमा छ भने उसले आठ खेलबाट पाँच खेलमा जित र दुई खेलमा हार तथा एक खेलमा वर्षाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ । त्यस्तै, इंग्ल्यान्डले भने आठ खेलमध्ये पाँच खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै १० अंक बनाएको छ ।

पाकिस्तानले भने आठ खेलबाट चार खेलमा जित, तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै ९ अंक बनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal