
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमण भएको र त्यसमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षका सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले गएराति महाराजगञ्जबाट पक्राउ गरेको हो ।
सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको काठमाडौँ प्रहरी प्रमुख उत्तम सुवेदीले जानकारी दिए । काठमाडौं र भक्तपुरमा केही दिनअघि श्रृंखलावद्ध सिरिन्ज आक्रमण भएको थियो । बनेपामा पनि यसै प्रकृतिको घटना भएको छ । सबै घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।