
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित २ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका कर्मचारीलाई पक्राउ गरेको हो । आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले जलस्रोत तथा सिँचाइ विकास कार्यालयका अधिकृत अजित कुमार श्रीवास्तव र इञ्जिनियर तथा सूचना अधिकारी गृष्मा ठगुन्नालाई २ लाख घुस रकम सहित बिहिबार पक्राउ गरेको हो ।
चौधर नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मिलन सिंहबाट २ लाख रकम घुस मागेको र सिंहले घुस बापतको रकम कार्यालयमा बुझाउने क्रममा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
उनीहरुलाई थप कारबाहीका लागि काठमाडौं पठाइने अख्तियारका सूचना अधिकारी टोप बहादुर बिष्टले जानकारी दिए ।