
अर्घाखाँची । अर्घाखाँचीको पोखेडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अर्घा नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नं.को डबल क्याप जिप केहीबेर अघि पोखेडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा सन्धिखर्क-९ नौलापानी निवासी बोमबहादुर चुँदालीको मृत्यु भएको प्रहरीले बताएको छ ।
३ जना सवार जिपका चालक झविन्द्र खत्री र अनिल जिसी गम्भिर घाईते भएका छन् । जिप बाटोबाट करिब २ सय मिटर तल झरेको छ ।