News Portal

  • मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

    २२४ पटक

    काठमाडौं । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका-१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ ।

    साँझ ६ बजे ना ५३ प ५२४७ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नं.को मोटरसाइकल एकापसमा ठोक्किएको हो ।

    दुर्घनामा गम्भीर घाइते भएका ना ५३ प ५२४७ नं.को मोटरसाइकल चालक भरतपुर-१८ का १७ वर्षिय राजन भट्ट र ग ९ प ११८५ नं.को मोटरसाइकल चालक भरतपुर-१८ कै २८ वर्षिय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्