
काठमाडौँ । देशभर मनसुन सक्रिय भएकाले आज (बिहीबार) अधिकांश स्थानमा वर्षा हुने भएको छ । पूर्व र मध्यका धेरै स्थानमा र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
विशेष गरी देशको मध्य र पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ । आज (बिहीबार) राति पनि अधिकांश स्थानमा पार्नी पर्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ ।