दाङ । घोराही उपमहानगरपालिका-१० सौडीकुलामा घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख २६३४ नं. को ट्रकले ठक्कर दिँदा विपरीत दिशातर्फ गइरहेको रा १ प ५३३१ नं. को मोटरसाइकलका चालक ३३ वर्षिय कमानसिंह वलीको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका-जलौराका उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।