आज :

कालिकादेवी रक्तसञ्चार केन्द्रमा फ्रिजको अभाव

लमही । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा रगत सङ्कलन गर्न आवश्यक फ्रिजको अभाव रहेको छ ।

फ्रिज नहुँदा आवश्यकतानुसार रगत सङ्कलन गर्न नसकिएको केन्द्र प्रमुख सीतम रेग्मीले बताए । उनले भने, “एउटा मात्रै फ्रिज छ, त्यसमा थोरै मात्रै रगत सङ्कलन गर्न मिल्छ, तर एकैपटक धेरै रक्तदाता आएमा रगत सङ्कलन गर्न सक्ने अवस्था नै हुँदैन, त्यसका लागि हामीले पटक-पटक फ्रिज माग गर्ने गरेका छौँ ।”

अहिलेको त्यो फ्रिजमा ४० देखि ४५ प्वाइन्टसम्म मात्रै रगत सङ्कलन गर्न सकिने बताए । तर रक्तदान शिविर सञ्चालनमा धेरैले रक्तदान गर्ने भएकाले फ्रिजमा आवश्यकता अनुसार सङ्कलन गर्न सकिने अवस्था छैन् ।

रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि पछिल्लो समय रक्तदान गर्नेको संख्यामा वृद्धि भएको भन्दै ठूलो खालको फ्रिज आवश्यक पर्ने बताए । तुलसीपुर केन्द्रमा ८-९ सय प्वाइन्ट रगत स्टक राख्न सक्ने फ्रिजको आवश्यकता छ ।

साथै सङ्कलन भएको रगत ३५ दिनभन्दा बढी राख्न नमिल्ने भन्दै त्यहीअनुसार स्टक राख्ने गरेको उनले बताए । अञ्चल अस्पताल परिसरमा समाजसेवी वामदेव उपाध्यायले आफ्नी दिवङ्गत श्रीमती कालिकादेवीको स्मृतिमा निर्माण गरिदिएको कालिकादेवी रक्त सञ्चार भवनमा गत वर्ष भदौदेखि केन्द्र सञ्चालन हुँदै आएको छ ।

नेपाल रेडक्रसले सञ्चालन गरिरहेको उक्त रक्त सञ्चार केन्द्रमा पटक–पटक ठूलो फ्रिज ल्याउने कुरा चले पनि अझै ल्याउन सकिएको छैन । फ्रिज ल्याउने कार्यमा पहल भइरहेको रेडक्रस दाङका अध्यक्ष नारायणप्रसाद शर्माले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal