News Portal

  • आजको सेयर बजार केही सुधार

    २८४ पटक

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनोे सुधार आएको छ ।

    आज नेप्से ०.९६ अंकले वृद्धि भई १२६१.०७ अंकमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स पनि ०.४० अंकले सुधार आई २७१.४४ अंकमा पुगेको छ ।

    आज सेयर बजारमा १ सय ७४ कम्पनीका १३ लाख २४ हजार ५ सय १९ कित्ता सेयर ३६ करोड ४७ लाख ७३ हजार ३ सय ३० रुपैयाँमा कारोबार भए । कारोबारमा आएका १२ वटा समूहगत उपसूचक मध्ये ६ समूह उकालो लागेका छन् भने बाँकी ६ समूह नै ओरालो लागेको छ ।

    प्रतिकृया दिनुहोस्