आज :

इजिण्टका पूर्व राष्ट्रपति मोर्सीको निधन

काठमाण्डौं । इजिण्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीको निधन भएको छ । कायरोको एक अदालतमा बेहोस भएर लडेका ६७ वर्षिय मुर्सीको हृदयाघातका कारण निधन भएको बताइएपनि स्पष्ट कारणबारे केही खुलाइएको छैन ।

मुस्लिम ब्रदरहुडका ६७ वर्षका नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोग सम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित भएका थिए । जासुसी सम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए ।

बाहिरको आवाज सुन्न नसकिने साउन्ड प्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मुर्सी सन् २०१२ मा निर्वाचित भएपनि त्यसको एक वर्षपछि सेनाले उनलाई अपदस्थ गरेको थियो । त्यसयता उनी जेलमा थिए ।

अरब जगतमा भएको जनप्रदर्शनपछि सन् २०१२ मा मोर्सीको उदय भएको थियो । मुस्लिम ब्रदरहुडका प्रवक्ताले भने मुर्सीलाई उपचार सेवा उपलब्ध नगराइएको दाबी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal