आज :

नेकपाको शुभेच्छुक २ संगठनबीच एकता

बागलुङ । नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको जिल्लामा एकता टुङ्गिएको छ ।

एकतापछि शनिबार राष्ट्रिय उद्योग व्यवसायी महासंघ जिल्ला शाखाको घोषणा गरिएको छ । महासंघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुभेच्छुक संगठन हो ।

एकताअघि संघमा पूर्व एमाले र संगठनमा पूर्व माओवादी केन्द्र निकट व्यवसायी आवद्ध रहेका थिए । महासंघको केन्द्रमा भने एकता प्रक्रिया अझै टुङ्गिएको छैन ।

जिल्लास्तरमा एकता गर्ने बागलुङ पहिलो जिल्ला हो । एकतापछि ४५ सदस्यीय जिल्ला समिति गठन भएको छ । समितिको अध्यक्षमा रतन मलेपति चयन भएका छन् । उपाध्यक्षमा दुर्गाबहादुर पुन, सचिवमा प्रकाश चालिसे, सहसचिव नारायण आचार्य, कोषाध्यक्षमा राजु गौतम र सहकोषाध्यक्षमा मनोज थापा छन् ।

एकता भेलाले २६ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । पदाधिकारीलगायत सदस्यलाई महासंघ गण्डकी प्रदेशका संयोजक प्रेम पौडेलले शपथ ग्रहण गराए । शपथपछि बोल्दै अध्यक्ष मलेपतिले व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले बागलुङको व्यवसाय प्रवद्र्धनमा महासंघले अर्थपूर्ण भूमिका खेल्ने पनि उल्लेख गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal