News Portal

  • भिरबाट लडेर १७ वर्षिय किशोरीको मृत्यु

    २०७ पटक

    बाजुरा । घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षिय किशोरीको मृत्यु भएको छ ।

    खप्तड छेडेहद गाउँपालिका-६ की सीताकुमारी पाध्यायको गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्ने क्रममा शनिबार साँझ लडेर मृत्यु भएको हो ।

    घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको जनाइएको छ । उनी वडिमालिका नगरपालिका-१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् ।

    प्रतिकृया दिनुहोस्