आज :

आधुनिक ओलम्पिकको साताव्यापी कार्यक्रम सुरु

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले आधुनिक ओलम्पिकको स्थापनाको अवसरमा साताव्यापी कार्यक्रम सुरु गरेको छ ।

ओलम्पिक कमिटीले ‘ओलम्पिक डे’ अर्थात् आगामी असार ८ गतेसम्म सातै प्रदेशमा ११६ वटा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

यसै क्रममा ओलम्पिक कमिटीले आज राजधानीमा साइकल र्याली निकालेको छ । ललितपुरको सातदोबाटोस्थित ओलम्पिक भवनबाट काठमाडौंको भृकुटीमण्डपसम्म निकालिएको साइकल रर्यालीमा करिब ३ सय सहभागी थिए ।

सन् १८९४ जुन २३ मा आधुनिक ओलम्पिक स्थापना भएको थियो । सोही दिनको स्मरणमा विश्वभर जुन २३ तारिखमा ‘ओलम्पिक डे’ मनाउने गरिन्छ । ओलम्पिक कमिटीले ‘ओलम्पिक डे’का दिन असार ८ गते विशेष कार्यक्रम गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal