News Portal

  • सुत्केरी महिलाको मृत्युपछि डडेल्धुरा तनावग्रस्त, यातायात ठप्प

    २३८ पटक

    डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरा तनावग्रस्त भएको छ ।

    शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका-६ छचोडाकी २६ वर्षिय गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

    उनको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै आफन्तहरु प्रदर्शनमा उत्रेका हुन् । चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दै मृतकका परिवार र आफन्तले अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा प्रदर्शन गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्