आज :

बझाङमा ४ म्याग्निच्यूडको भूकम्प

बझाङ । छबिसपाथीभेरा गाउँपालिका-४ कोटदरबार नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

शुक्रबार दिउँसो १२ः२२ मा ४ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

यो २०७२ साल वैशाख १२ गतेको विनाशकारी ‘गोरखा भूकम्प’को पराकम्पन नभई नयाँ भूकम्प भएको बताइएको छ । भूकम्पले जिल्लामा कुनै क्षति गरेको छैन ।

बझाङबाहेक छिमेकी जिल्लाहरुमासमेत भूकम्पको धक्का महसुस गरिएको छ । यस वर्षको सुरुआतदेखि बझाङलाई केन्द्रविन्दु बनाएर अहिलेसम्म ३ पटक भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांकमा उल्लेख छ । बझाङ नेपालकै भूकम्पको उच्च जोखिम रहेको जिल्ला मानिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal