आज :

प्रधानसेनापति औपचारिक भ्रमणका लागि चीन जाँदै

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गते औपचारिक भ्रमणका लागि चिन जाँदै छन् ।

उनी प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो पटक चीनको भ्रमण जान लागेका हुन् । सो भ्रमण दलमा उनकी श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित ८ जना रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थल अवलोकनलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाले उच्च तहका सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको द्विपक्षीयहित र पारस्परिक सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ । सो टोलीे असार ७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal