
कञ्चनपुर । भीमदत्त नगरपालिका-६ बनगाँउमा जेसीबी र अटोरिक्सा ठोक्किँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका-२ का २८ वर्षिय कृष्ण बोहरा, कास्कीको पोखरा पृथ्वीचोककी ३५ वर्षिय विना रिजाल र ५८ वर्षिय भारतीय नागिरक तिल प्रसाद छन् । तीनैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।