आज :

रिपोर्टिङ स्थलबाटै पत्रकार गाँउले गिरफ्तार, अबिलम्ब रिहा गर्न क्रान्तिकारी पत्रकार संगठनको माग

काठमाडौं। समाचार संकलनका लागी त्रिभुवन विश्वविद्यालय पुगेका पत्रकार केबी गाँउले रिपोर्टिङ स्थलबाटै पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको गेटमा जारी अनशनका बारेमा समाचार संकलन गर्न पुगेका गाँउलेलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

केबी गाँउलेका नामले परिचित पत्रकार कृष्ण बहादुर बिक राजधानी काठमाडौंबाट प्रकाशित हुने सुदर्शन साप्ताहिक पत्रीकाका प्रधान सम्पादक हुन । बुधबार दिउसाे साढे १२ बजेतिर पक्राउ गरेर उनलाई महानगरीय प्रहरी परिसर,टेकुमा राखिएको छ ।  गाँउलेका बारेमा प्रारम्भिक अनुसन्धान भईरहेकाे टेकुका एसएसपी उत्तम सुवेदीले जानकारी दिएका छन् ।

यसैबिच घटनाको बिरोध गर्दै क्रान्तिकारी पत्रकार संगठन, नेपालले गिरफ्तार गरिएका पत्रकार गाँउलेको रिहाइको माग गरेको छ । संगठनका अध्यक्ष डिल्लिराज रावतले एक प्रेस बिज्ञप्ती जारी गर्दै गाँउलेलाई अबिलम्ब रिहा गर्न माग गरेका छन् । पछिल्लो समय राज्य प्रेस जगतमाथी आक्रामक ढंगले प्रस्तुत भइरहेको उल्लेख गर्दै अध्यक्ष रावतले पत्रकारमाथी धरपकड नरोकिए कडा आन्दोलनमा उत्रीने चेतावनी समेत दिएका छन् ।

यस्तो छ बिज्ञप्ती….

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal