आज :

पतिले छोरा मारेपछि पत्नीद्वारा आत्महत्या

काठमाडौं । आइतबार आफ्नै नाबालिग छोराको एक बुवाले हत्या गरेपछि उनको पत्नीले आत्कहत्या गरेकी छिन् ।

आफ्नै पतिले छोराको हत्या गरेपछि पत्नीले सहन नसकी आत्महत्या गरेको बताइएको छ । जब घरमा यी सब घटना भइरहेको थियो त्यति बेला छोरीले घटनाको पूरै भिडियो खिचिन् ।

यो घटना भारतको कर्नाटकस्थित बैंगलुरुको हो । अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो भाइरल भएपछि प्रहरीले छोराको हत्यारा पिता सुरेशलाई पक्राउ गरेको छ ।

मृतकहरुमा उनकै २८ वर्षिय पत्नी गिता बाई र १२ वर्षिय छोरा बरुण रहेको भारतीय मिडियाले जनाएको छ । छोरालाई झुण्ड्याइरहेका बेला घरमा हल्लाखल्ला भयो । त्यसपछि छिमेकीहरु आए, केहीले सुरेशलाई रोक्ने प्रयास गरे भने केहीले प्रहरीलाई खबर गरे । खबर पाएपछि आएको प्रहरीले सुरेशलाई गिरफ्तार गरेको थियो ।

आफूले ऋण तिर्न नसकेपछि छोरा र पत्नीले आत्महत्या गरेको सुरेशले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । सुरेशको बयानपछि प्रहरीले गरेको छानबिनमा उसले छोराको हत्या गरेको खुल्न आएको हो । सुरेश अहिले प्रहरी नियन्त्रणमा छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal