
कैलाली । धनगढीको राजपुरमा भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार साँझ धनगढी उप-महानगरपालिका-३ का २६ वर्षिय टेकबहादुर बलायरको मुत्यु भएको हो । युपी ३१ टी ४८१७ नम्बरको भारतीय ट्रकले से ६ प ३२१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा चालकको मुत्यु भएको हो ।
ट्रकमा स्थानीयले आगजनी गरेका छन् । प्रहरीले आगो निभाएको छ । आक्रोशित स्थानीय सडकमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।