News Portal

  • मोटरसाइकल चालकको मृत्यु

    ३२९ पटक

    पोखरा । चाउथेमा गएराति मिक्चर (ट्रक) मा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।

    पोखरा-३१ को बेगनासताल बस्ने मोटरसाइकल चालक २५ वर्षिय अजय भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    ग १ क २६६६ नं.को मिक्चरसँग ग १ प २५८६ नं को मोटरसाइकल ठोक्किँएपछि सो दुर्घटना भएको थियो । गम्भीर भट्टराइलार्ई पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा उनको मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस्