
पाँचथर । कक्षा आठमा अध्ययनरत १३ वर्षिय बालिकालाई फकाएर मन्दिर लगि सिन्दुर पोते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हिलिहाङ गाउपालिका-७ बस्ने २३ वर्षिय चक्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तेह्रथुमको आठराई गाँउपालिका बस्ने १३ वर्षिय बालिकालाई फिदिमस्थित शिवालय मन्दिरमा लगेर सिन्दुर पोतेसमेत लगाई विवाह गरेका थिए ।
उाले फकाएर बालविवाह गरेको बालिकाका अभिभावकले जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । बालिकाका अभिभावकले गत बुधबार तामाङ विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
जाहेरीको आधारमा उनलाई सोही दिन पक्राउ गरी बालविवाह मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।