आज :

प्रनिल र आयुष्माको अभिनयमा ‘काफल पाक्यो’ सार्बजनिक (भिडियोसहित)

काठमाडौँ । लोक दोहोरी क्षेत्रमा नयाँ गीतले बजार तताएको छ । पछिल्लो समयमा चर्चा कमाउन सफल सर्जक प्रनिल गुरुङको लयमा मौलिक गीत ‘काफल पाक्यो…’ बोलको गीतले लोक दोहोरीका पारखीलाई उत्साहित बनाएको छ ।

काफल खाने समयमा सार्वजनिक भएको गीत गाउँदै लेकहरुमा मानिसहरु काफल खाइरहेका छन् । गायीका सम्झना लामिछाने मगर र गायक गोपाल छेत्रीको आवाजमा आएको उक्त गीतको संगीत संयोजन तिलक ओलीले गरेका हुन् ।

गीतमा गायक गोपाल छेत्री र प्रनिल गुरुङले शब्द सिर्जना गरेका हुने भने समिर ठोकरले निर्देशन गरेका छन् । भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन् । भिडियोको मिन रावलले सम्पादन गरेका छन् ।

सफता म्युजिक कम्पनीले बजारमा ल्याएको भिडियोमा प्रनिल गुरुङ र आयुष्मा कार्कीको दमदार अभिनय देख्न सकिन्छ ।

भिडियो 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal