
काठमाडौं । बौद्धमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
सडक बिस्तारबाट पीडित भएकाहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।
साँखु-बौद्ध सडक मुहाब्जाको विषय नमिल्दा लामो समयदेखि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण वर्षौदेखि अलपत्र हुँदा सडक हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुन गरेको छ ।
सडकमा धुलो र हिलो अचाक्ली भएपछि बासिन्दा सडक निर्माणको काम छिटो पूरा गर्न माग गर्दै प्रदर्शनमा निस्किएका थिए ।