News Portal

  • ३ दिन सीमानाका बन्द हुने

    ३१३ पटक

    कपिलवस्तु । भोलिदेखि ३ दिनका लागि भारतसँगको कपिलवस्तुका सीमाना बन्द हुने भएको छ ।

    भारतको सिद्धार्थनगर जिल्लामा लोकसभा निर्वाचन हुन गइरहेकाले नेपाल-भारत सीमानाका बन्द हुने भएको हो ।

    भोलिदेखि आगामी २९ गतेसम्म बिहान ७ देखि बेलुका ५ बजेसम्म सीमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

    हिजो सूचना जारी गरी सीमानाका बन्द रहने जनाएको हो । भारतको सिद्धार्थनगर जिल्लामा २९ गते निर्वाचन हुँदैछ ।

    प्रतिकृया दिनुहोस्