आज :

बसको ठक्करवाट एकको मृत्यु, एक जना घाइते

जनकपुर । जटही सडक खण्ड अन्तर्गत ३ गछियामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नगराईन नगरपालिका वार्ड नं.२ मा गछिया नजिकै बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषा जिल्ला मधुवनी शीलकोरका ४० वर्षिय सुरेन्द्र यादव रहेका छन् भने ऊनीसँगै मोटरसाइल सवार जनकपुर १७ का २१ वर्षिय रमेश यादव गम्भीर घाइते छन् ।

धनुषा प्रहरीले दिएको जानकारी अनुसार हिजो साँझ जनकपुरबाट जटही तर्फ गई रहेको ज.९ प. ४१८२ नं.को मोटरसाइललाई विपरीत दिशाबाट जनकपुर तर्फ जाँदै गरेको ना.३ ख.२९८० नं.को बसले ठक्कर दिएको थियो ।

बस नियन्त्रणमा रहेको र फरार गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal