आज :

मोटरसाइकल अनियन्त्रित भई खोलामा, २ जनाको मृत्यु

रामेछाप । मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मन्थली नगरपालिका-९ पुराना गाउँमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षिय लोप्साङ लामा र ११ वर्षिय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो ।

पुराना गाउँको अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा ५१ प ६३६५ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र बालकको उपचारका लागि ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार मोटरसाइकल सडकबाट सय मिटर तल खसेको छ । छापखानी खोला तरेर उकालो बाटोतर्फ जाँदैै गरेको मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal