आज :

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

सुनसरी । भोक्राह-नरसिंह गाउँपालिका-३ शिवगंजमा गएराति भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

राति सवा १ बजे भित्री सडकखण्डमा को २० प ४४० नं.को मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थान बस्ने २६ वर्षिय धनपत खत्वे र पछाडी सवार २६ वर्षिय प्रकाश खत्वे घाइते भएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक धनपतको राति साढे २ बजे मृत्यु भएको छ भने घाइते प्रकाशलाई थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal