आज :

तीव्र गतिमा गुडेको पिकअप भ्यानबाट खसेर बालकको मृत्यु

काठमाडौं । बागलुङको निसीखोलामा पिकअप भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ ।

निसीखोला वडा नं.३ को बोहरागाउँमा लु १ च ६७५२ नं.को भ्यानबाट खसेर स्थानीय १२ वर्षिय लघु सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

भ्यानबाट खसेर अर्का एक बालक घाइते छन् । भ्यानबाट खस्दा १२ वर्षिय विष्णु सुनार घाइते भएका हुन् । उनलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ ।

तीव्र गतिमा गुडेको भ्यान स्पिड ब्रेकरमा उफ्रिँदा दुवै बालक खसेका थिए । घाइते भएका दुवैलाई उपचारका लागि बुर्तिबाङ ल्याउने क्रममा लघुको मृत्यु भएको हो । घटनापछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal