
काठमाडौं । समयमै सडक कालोपत्र नभएको भन्दै राजधानीस्थित बौद्धमा स्थानीयबासी विरोध प्रदर्शन गरेका छन् ।
बौद्ध व्यापार संघ र स्थानीयबासीले आज (बिहीबार) बिहानदेखि बौद्धमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले सडक कालोपत्र गर्न नथालेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाहीको मागसमेत गरेका छन् ।